AarthikBikash
आइतवार, बैशाख १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ५० हजार घुससहित प्रहरी हबल्दार पक्राउ

५० हजार घुससहित प्रहरी हबल्दार पक्राउ

  • आइतवार, बैशाख १३, २०८३
५० हजार घुससहित प्रहरी हबल्दार पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक प्रहरी हबल्दारलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्र रहेका छन् । उनलाई अख्तियारको पोखरा कार्यालयले नियन्त्रणमा लिएको हो ।अख्तियारका अनुसार हबल्दार थापाले लागुऔषध मुद्दामा संलग्न प्रतिवादीलाई मुद्दा मिलाइदिने र सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको सूचना प्राप्त भएको थियो ।

उक्त सूचनाका आधारमा पोखरा महानगरपालिका–४स्थित एक खाजाघरबाट उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार