AarthikBikash
आइतवार, बैशाख १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरामा चल्यो डोजर

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरामा चल्यो डोजर

  • आइतवार, बैशाख १३, २०८३
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरामा चल्यो डोजर

बुटवल – बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए । अहिले प्रहरीले संरचना हटाउनका लागि डोजर चलाउन सुरु गरेको छ ।

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो।

साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ ९हाल कित्ता नम्बर ७, ८, १२, ६१, १३ र ४० को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउन थालिएको हो।

वाह्र वर्षअघि पनि उक्त जग्गा खाली गराउने प्रयास भएको थियो । सो क्षेत्रमा निर्माण गरिएका अधिकांशमा टहरा चिया पसल तथा रेष्टुरेन्टका सञ्चालनमा छन्।

सम्बन्धित समाचार