काठमाडौं – नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।
कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने बताइएको छ ।त्यस्तै, दिउँसो २ बजे बस्ने गरी केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने बैठकमा पछिल्लो समय स्पष्टीकरण मागिएका नेताहरूका डकुमेन्टलगायत विषयमा छलफल गरिनेछ ।
सम्बन्धित विषय: