AarthikBikash
आइतवार, बैशाख १३, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दिल्लीबाट जुरिख उडान भर्न लागेको स्विस विमानमा आगलागी, ६ जना घाइते

दिल्लीबाट जुरिख उडान भर्न लागेको स्विस विमानमा आगलागी, ६ जना घाइते

  • आइतवार, बैशाख १३, २०८३
दिल्लीबाट जुरिख उडान भर्न लागेको स्विस विमानमा आगलागी, ६ जना घाइते

एजेन्सी – भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न लागेको स्विस एयरको विमानमा आगलागी भएको छ।

आज दिउँसो करिब १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट जुरिख जाँदै गरेको स्विस एयरलाइन्सको एलएक्स१४७ विमानको इन्जिनमा उडान भर्नु अघि आगलागी भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार विमान रनवेमा गुडिरहेको बेला इन्जिन नम्बर १ मा समस्या देखिएपछि चालक दलले तुरुन्तै उडान रद्द गरेका थिए।

आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए। जसमध्ये ६ जना यात्रु घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि मेदान्त अस्पताल भर्ना गरिएको छ। अन्य यात्रुहरू भने सुरक्षित रहेको स्विस एयरले जनाएको छ ।

सम्बन्धित समाचार