AarthikBikash
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • राजनीति
  • नेकपा संयुक्तले सरकारविरुद्ध सडक प्रदर्शन गर्दै

नेकपा संयुक्तले सरकारविरुद्ध सडक प्रदर्शन गर्दै

  • शनिबार, बैशाख १९, २०८३
नेकपा संयुक्तले सरकारविरुद्ध सडक प्रदर्शन गर्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ।

संसद्लाई छलेर अध्यादेशद्वारा शासन चलाउन लागेको र सुकुम्वासीलाई घरवारविहीन बनाएको भन्दै घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) सरकारविरुद्ध विरोध सडकमा उत्रिन लागेको हो।

सरकारलाई खबरदारी गर्न वैशाख २३ गते १ बजे माइतीघरमा जम्मा हुन लागेको नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले जानकारी दिए ।

उनले भने- ‘नयाँ सरकार संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएकोमा आफ्नो पार्टीले असहमति प्रकट गरेको छ ।’

साथै सडक विरोधका लागि पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई माइतीघरमा उपस्थिति हुन अपिल समेत गरिएको छ।

सम्बन्धित समाचार