AarthikBikash
सोमवार, जेष्ठ ४, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

  • सोमवार, जेष्ठ ४, २०८३
विश्वकप लिग–२ : स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत सातौँ शृंखलाको तेस्रो खेलमा नेपाल स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।

स्कटल्याण्डको सामना गर्दा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला दिने सोचमा हुनेछ। पहिलो खेलमा नेपाल डीएलएस पद्धतिका आधारमा दुई रनले स्तब्ध भएको थियो ।

पछिल्लो खेलमा अमेरिकाविरुद्ध ९ विकेटको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । शीर्ष चारको सम्भावना जीवितै राख्न नेपाललाई जित्नै पर्ने दबाब छ ।

यो खेलमा जित निकाल्न सके नेपाल पाँचौँ स्थानमा उक्लिने छ ।

सम्बन्धित समाचार