AarthikBikash
आइतवार, जेष्ठ १०, २०८३
  • होमपेज
  • खेलकुद
  • एसियन गेम क्वालिफायरका लागि दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

एसियन गेम क्वालिफायरका लागि दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

  • आइतवार, जेष्ठ १०, २०८३
एसियन गेम क्वालिफायरका लागि दिपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर दीपेन्द्रसिंह ऐरीलाई नयाँ कप्तान तोकेको छ ।

सिंगापुरमा आगामी सन् २०२६ मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

उक्त एसियन गेम क्वालिफायरका लागि क्यानले पौडेललाई हटाएर ऐरीलाई नयाँ कप्तान तोकेको हो ।

टोलीमा पूर्वकप्तान रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन् ।

छनोट गरिएको टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ।

नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खल्ने तय भएको छ ।

यस्तै क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन् ।

सम्बन्धित समाचार