काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव तथा निर्णय कार्यान्वयनको अवस्थामाथि छलफल हुने बताइएको छ ।