काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ः०० बजे बस्न लागेको हो ।
बैठकको सुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।
यस्तै राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा। वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने र छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।
सोमाबारको बैठकका प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै विवक्षीले बैठक बहिष्कार गर्दै आएका छन् ।