AarthikBikash
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • राजनीति
  • आज रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै

आज रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै

  • बुधबार, जेष्ठ २०, २०८३
आज रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् ।

लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् ।

यसअघि मंगलबार रविले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन,  गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । रविलाई भाजपाले रेड कार्पेटसहित भव्य स्वागत गरेको थियो ।

पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत पुगेका थिए ।   रवि यही जेठ २२ गते स्वदेश फर्कनेछन् ।

सम्बन्धित समाचार