AarthikBikash
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • राजनीति
  • यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

  • आइतवार, जेष्ठ २४, २०८३
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

काठमाडौं – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गर्दैछ ।

पार्टीले संगठन विस्तार र संरचनागत सुदृढीकरणलाई लक्ष्य बनाउँदै देशव्यापी अधिवेशन अभियानलाई तीव्रता दिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोसी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेका हुन्।

आज अधिवेशन हुने जिल्लाहरूमा उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्।

निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ।

रास्वपाले यसअघि शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ।

बाँकी जिल्लाका अधिवेशन राष्ट्रिय महाधिवेशनपछि गरिनेछ। यसैबीच, प्रदेश अधिवेशन जेठ २६ गतेदेखि सुरु हुने र सातवटै प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको जनाइएको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ।

सम्बन्धित समाचार