AarthikBikash
मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • राजनीति
  • सुदन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

सुदन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

  • मङ्लबार, जेष्ठ २६, २०८३
सुदन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यसैगरी सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यस्तै निजामती सेवा १६औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार