AarthikBikash
बुधबार, साउन २७, २०८३
  • होमपेज
  • खेलकुद
  • फिफा विश्वकप २०२६: टर्किविरुद्ध अष्ट्रेलिया २-० ले विजयी

फिफा विश्वकप २०२६: टर्किविरुद्ध अष्ट्रेलिया २-० ले विजयी

  • आइतवार, जेष्ठ ३१, २०८३
फिफा विश्वकप २०२६: टर्किविरुद्ध अष्ट्रेलिया २-० ले विजयी

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले जित निकालेको छ।

क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आज सम्पन्न भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले जित निकालेको हो।

अष्ट्रेलियाको जितमा खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले र ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरेका थिए ।

योसँगै अस्ट्रेलियाले ३ अंक जोडेको छ।

यस्तै, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गर्दै अग्रता दोब्बर बनाए । यसअघि आज भएका अन्य खेलमा कतार र स्वीट्जरल्याण्डको खेल १-१ को बराबरीमा टुंगियो ।

यस्तै, ब्राजिल र मोरक्कोबीच पनि पनि १-१ को बराबरी भयो । हाइटी र स्कटल्याण्डको खेलमा स्कटल्याण्ड विजयी भएको छ । स्कटल्याण्ड समूह सीको शीर्ष स्थानमा रह्यो

आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका छ ।

सम्बन्धित समाचार