AarthikBikash
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • खेलकुद
  • स्कटल्यान्डलाई हराउँदै मोरक्को पनि नकआउट चरणमा

स्कटल्यान्डलाई हराउँदै मोरक्को पनि नकआउट चरणमा

  • शनिबार, असार ६, २०८३
स्कटल्यान्डलाई हराउँदै मोरक्को पनि नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

खेल सुरु भएको दोस्रो मिनेटमै मोरक्कोका इस्माइल साइबेरीले गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो। साइबेरीको यो गोल जारी विश्वकपमा अहिलेसम्मकै सबैभन्दा छिटो गोलका रूपमा पनि दर्ज भएको छ।

प्रारम्भिक अग्रता लिएपछि मोरक्कोले खेलभर संयमित प्रदर्शन गर्दै स्कटल्यान्डलाई बराबरी गर्ने अवसर दिएन। बल नियन्त्रण र रक्षात्मक मजबुतीका कारण स्कटल्यान्डले स्पष्ट गोल अवसर सिर्जना गर्न संघर्ष गर्नुपर्‍यो ।

यो जितसँगै मोरक्को समूह ‘सी’ बाट नकआउट चरणमा पुग्ने टोली बनेको छ। यसअघि अमेरिका र मेक्सिकोले पनि अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

मोरक्कोले आफ्नो अघिल्लो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो भने स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको थियो। तर निर्णायक खेलमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

सम्बन्धित समाचार