AarthikBikash
बुधबार, असार २४, २०८३
  • होमपेज
  • राजनीति
  • कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरी स्थगित

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरी स्थगित

  • बुधबार, असार २४, २०८३
कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक बिहीबार बस्नेगरी स्थगित

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक कानुनमन्त्री गौतम व्यस्त भएपछि सभामुखको निर्देशनअनुसार स्थगित गरिएको हो ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम(३) बमोजिम स्थगित गरिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्ने कार्यसूची थियो ।

त्यस्तै प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल  विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि थियो ।

सम्बन्धित समाचार