AarthikBikash
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • हिरासतमा रहेका चिनियाँ नागरिकलाई ठगेको आरोपमा कलाकार नारद खतिवडासहित ३ जना पक्राउ

हिरासतमा रहेका चिनियाँ नागरिकलाई ठगेको आरोपमा कलाकार नारद खतिवडासहित ३ जना पक्राउ

  • बुधबार, साउन ६, २०८३
हिरासतमा रहेका चिनियाँ नागरिकलाई ठगेको आरोपमा कलाकार नारद खतिवडासहित ३ जना पक्राउ

काठमाडौं – अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन् । विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले ९ लाख रूपैयाँ ठगेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूको विवरण

१. ललितपुर महानगरपालिका– १४ नख्खीपोट बस्ने, उदयपुर कटारी नगरपालिका– ८ सिरिसे घर भएका ३८ वर्षीय विक्रमबहादुर थापा

२. नवलपरासी पश्चिम, सुनौल नगरपालिका– ७, तर्गौली घर भएका ५९ वर्षीय गोपालकुमार गुरूङ

३. काठमाडौं महानगरपालिका– १० बुद्धनगर बस्ने, सर्लाही लालबन्दी नगरपालिका– ५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा

अघिल्लो समाचार

Nieuwe Elektronische Speelautomaten Met Bonussen
Nieuwe Elektronische Speelautomaten Met Bonussen

सम्बन्धित समाचार