AarthikBikash
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • खेलकुद
  • नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

  • बुधबार, साउन १३, २०८३
नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्।

आजको खेलमा नेपालले लगातार तीन खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने र सोमपाल कामीलाई बाहिर राखेको छ।

उनीहरुको स्थानमा हेमन्त धामी र ललित राजवंशी आएका छन् ।

नेदरल्यान्ड्समा जारी सिरिजमा नेपाल जितविहिन छ। तीन खेल खेलेको नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले र तेस्रो खेलमा नामिबियासँग ३ रनले पराजित भएको थियो ।

सम्बन्धित समाचार