AarthikBikash
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिराहा घटनाको छानबिन गर्न एसपी रिजालको नेतृत्वमा समिति गठन, कर्फ्यु जारी

सिराहा घटनाको छानबिन गर्न एसपी रिजालको नेतृत्वमा समिति गठन, कर्फ्यु जारी

  • बिहिबार, साउन १४, २०८३
सिराहा घटनाको छानबिन गर्न एसपी रिजालको नेतृत्वमा समिति गठन, कर्फ्यु जारी

काठमाडौं – सिराहाको गोलबजार क्षेत्रमा बिहीबार भएको हिंसात्मक घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा प्रहरी निरीक्षक यज्ञराज जोशी र सहायक प्रहरी निरीक्षक (असई) गोबिन्द झा सदस्य रहेका छन्। समितिलाई घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थापन तथा त्यसक्रममा भएका घटनाक्रमबारे विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको जनाइएको छ।

बिहीबार गोलबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गोली लागेर एक युवाको मृत्यु भएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्।

प्रदर्शनकारीले सपिङ मल, साइकल ग्यारेज, पार्टी प्यालेस तथा गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेव अनवरको गोलबजारस्थित घरमा आगजनी गरेका छन्। घटनाबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ।

बिग्रँदो सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार र लहान क्षेत्रका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।

अघिल्लो समाचार

Jugar Máquinas De Juego Mas Nuevas En Es 2026
Jugar Máquinas De Juego Mas Nuevas En Es 2026

सम्बन्धित समाचार