AarthikBikash
बुधबार, साउन २०, २०८३

हालको खबर

  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाढी पहिराेका कारण देशका विभिन्न राजमार्ग पूर्णरुपमा अबरुद्ध

बाढी पहिराेका कारण देशका विभिन्न राजमार्ग पूर्णरुपमा अबरुद्ध

  • बुधबार, साउन २०, २०८३
बाढी पहिराेका कारण देशका विभिन्न राजमार्ग पूर्णरुपमा अबरुद्ध

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरूमा पहिरो तथा बाढीका कारण यातायात सेवा प्रभावित भएको छ।

नेपाल प्रहरीको आज बिहान ६ः२० बजेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडक र रुकुम पश्चिमको भेरी कोरिडोर पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

सिन्धुपाल्चोकको चारकिलो र कोदारीमा पहिरो खसेका कारण अरनिको राजमार्ग ठप्प भएको हो भने मुस्ताङको थासाङमा पहिरोले सडक रोकेको छ। त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक र दोलखाको लामासाँगु–रमेछाप राजमार्गमा पनि बाढीका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

अघिल्लो समाचार

Roulette Con Croupier Dal Vivo Pareggio
Roulette Con Croupier Dal Vivo Pareggio

सम्बन्धित समाचार