AarthikBikash
बुधबार, साउन २०, २०८३
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

  • बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

काठमाडौं – सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्गबहादुर केसी र सचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष प्रा.डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्।

तत्कालीन उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मिएका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति र नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्ष नियुक्त हुनुअघि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख थिए।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा.डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। नियुक्तिपूर्व उनी बी एन्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्।

उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा पीएचडी, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा हासिल गरेकी छन्। नर्सिङ क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बटुलेकी श्रेष्ठले बी एन्ड बी मेडिकल इन्स्टिच्युट, पूर्वाञ्चल विश्वविद्यालय, नर्भिक इन्टरनेशनल अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा विभिन्न जिम्मेवारी सम्हालिसकेकी छन्।

नर्सिङ अनुसन्धानमा पीएचडी गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् भने नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन्।

अघिल्लो समाचार

Combien De Numéros Faut Il Pour Gagner Au Keno
Combien De Numéros Faut Il Pour Gagner Au Keno

सम्बन्धित समाचार