AarthikBikash
बिहिबार, साउन २१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

  • बिहिबार, साउन २१, २०८३
ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुचर्चित मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई विशेष अदालत, काठमाडौंले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिलीरन्त श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई एक करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी ऋषिराज मोरबाट एककरोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई निज प्रतिवादीलाई तारेखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू।’

मोरविरुद्ध धितोपत्र बजारमा योजनाबद्ध रूपमा कृत्रिम मूल्य वृद्धि (मार्केट म्यानिपुलेसन) गरी विभिन्न कम्पनीका शेयर उच्च मूल्यमा बिक्री गरेर लगानीकर्ता तथा सम्बन्धित कम्पनीहरूलाई हानि पुर्‍याएको आरोप छ।

विशेषगरी हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई ठूलो नोक्सानी पुर्‍याएको अभियोग उनीमाथि लगाइएको छ।

अभियोगपत्रमा उनीविरुद्ध ३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। तर, पुर्पक्षका क्रममा अदालतमा बयान दिँदै मोरले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।

सम्बन्धित समाचार