AarthikBikash
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

  • सोमवार, साउन २५, २०८३
पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं – विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गर्दै छाड्न आदेश दिएको छ ।

सोमबार भएको सुनुवाइपछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दामा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।

भ्रष्टाचार मुद्दामा बयान तथा थुनछेक प्रयोजनका लागि कार्की सोमबार विशेष अदालतमा उपस्थित भएका थिए। बयानपछि भएको थुनछेक बहसमा अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितता र भ्रष्टाचारको आरोपमा अख्तियारले विस्तृत अनुसन्धानपछि कार्कीसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा अघि बढाएको हो।

अदालतको आदेशसँगै कार्कीले १५ लाख रुपैयाँ धरौटी बुझाएपछि मुद्दाको पुर्पक्ष बाहिरैबाट गर्ने भएका छन् ।

सम्बन्धित समाचार