AarthikBikash
शुक्रबार, साउन २९, २०८३
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईंसँग सहकार्य टुटेपछि एक्लै दल दर्ता गर्न निर्वाचन आयोग पुगे धवलशमशेर

दुर्गा प्रसाईंसँग सहकार्य टुटेपछि एक्लै दल दर्ता गर्न निर्वाचन आयोग पुगे धवलशमशेर

  • शुक्रबार, साउन २९, २०८३
दुर्गा प्रसाईंसँग सहकार्य टुटेपछि एक्लै दल दर्ता गर्न निर्वाचन आयोग पुगे धवलशमशेर

काठमाडौं – धवलशमशेर राणा समर्थकसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्वमहामन्त्री समेत रहेका राणा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटको विषयमा मतभेद भएपछि राणा आफ्नै समूह लिएर दल दर्ताका लागि आयोग पुगेका हुन्।

राणाले समर्थकहरूसहित आयोग पुगेर दल दर्ताको प्रक्रिया अघि बढाएका छन्।

उनले ‘जय नेपाल पार्टी’ नाममा नयाँ दल दर्ता गर्न लागेका छन्।

राणा यसअघि राप्रपामा रहेर सक्रिय राजनीति गर्दै आएका थिए। पछिल्लो समय प्रसाईंसँग सहकार्य गर्दै राजनीतिक गतिविधि अघि बढाए पनि शक्ति बाँडफाँटको विषयमा उनीहरूबीच मतभेद देखिएको थियो। त्यसपछि राणाले छुट्टै राजनीतिक दल गठन गर्ने निर्णय गरेका हुन्।

यता, २००४ सालदेखि २०८२ सालसम्म विभिन्न दलले पार्टी दर्ता र नेतृत्व परिवर्तन गरे पनि गरिब, भूमिहीन, सुकुम्बासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजपीडित नागरिकको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको दाबीसहित प्रसाईंले केही समयपछि नयाँ पार्टी छिट्टै घोषणा हुने बताएका छन् ।

आफूहरूले नागरिकका मुद्दा बोकेर नयाँ राजनीतिक शक्ति निर्माण गर्न लागेको बताउँदै उनले बन्ने पार्टी सबै जातजाति, धर्म र समुदायका नागरिकको साझा पार्टी हुने दाबी समेत गरेका छन्।

अघिल्लो समाचार

Hay Un Bono De Casino Virtual Con Depósito Disponible
Hay Un Bono De Casino Virtual Con Depósito Disponible

अर्को समाचार

Trucos Para Ganar Ala Ruleta Online En Es 2026
Trucos Para Ganar Ala Ruleta Online En Es 2026

सम्बन्धित समाचार