AarthikBikash
सोमवार, अशोज ५, २०८३
  • होमपेज
  • समाज
  • बसभित्र आत्मदाह प्रयासबारे छानबिन गर्न समिति गठन, पाँच दिन म्याद

बसभित्र आत्मदाह प्रयासबारे छानबिन गर्न समिति गठन, पाँच दिन म्याद

  • सोमवार, अशोज ५, २०८३
बसभित्र आत्मदाह प्रयासबारे छानबिन गर्न समिति गठन, पाँच दिन म्याद

काठमाडौं – ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी र उक्त घटनासँग ट्राफिक प्रहरीको संलग्नतामाथि छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

उपत्यका प्रहरी कार्यालयस्रोतका अनुसार उक्त समितिले आगलागी हुनुपूर्व गाडीका चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको संवाद, त्यससँग सम्बन्धित सीसीटीभी फुटेजको अध्ययन र सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूको विश्लेषण गर्दै छानबिनको काम अगाडि बढाइने भएको छ ।

सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि अलग्गै छानबिन समिति गठन गर्ने तयारी गरेको छ ।

घटनाबारे नेपाल प्रेसले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेलाई सम्पर्क गर्दा सबै कोणबाट उक्त घटनाको बारेमा बुझ्ने काम भइरहेको बताए । उनले छानबिन समितिका निष्कर्षहरूकै आधारमा आवश्यक कारबाही हुने बताए ।

अघिल्लो समाचार

Nombre De Slots En Es 2026
Nombre De Slots En Es 2026

सम्बन्धित समाचार