AarthikBikash
मङ्लबार, अशोज ६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ अर्बभन्दा बढी मौज्दात

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ अर्बभन्दा बढी मौज्दात

  • मङ्लबार, अशोज ६, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ अर्बभन्दा बढी मौज्दात

काठमाडौं – रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी रहँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ अर्बभन्दा बढी मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ रुपैयाँ मौज्दात छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर रहेको छ।

सबै खाताको रकम जोड्दा कोषमा १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।

सरकारले यही कोषबाट यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

कोषमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट आर्थिक सहयोग थपिने क्रम जारी रहेको छ।

सम्बन्धित समाचार