AarthikBikash
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • समाज
  • मोरङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

मोरङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

  • शनिबार, अशोज १७, २०८३
मोरङमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

मोरङ – मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति करिब १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा झापाको घेराबारीका २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही ठाउँका २५ वर्षीय पछाडि सवार सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए।

घाइतेमध्ये कुमार नेपालीको मदन भण्डारी अस्पताल, ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा असोज १६ गते राति १२ बजे र सन्देश नेपालीको असोज १७ गते राति १२ः०४ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

अर्का घाइते अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

अघिल्लो समाचार

Consejos Para Ganar Blackjack En Línea España
Consejos Para Ganar Blackjack En Línea España

सम्बन्धित समाचार