AarthikBikash
शनिबार, अशोज २४, २०८३
  • होमपेज
  • समाज
  • तनहुँमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, चालक बेपत्ता

तनहुँमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, चालक बेपत्ता

  • शनिबार, अशोज २४, २०८३
तनहुँमा बियर बोकेको मिनी ट्रक मर्स्याङ्दी नदी किनारमा खस्यो, चालक बेपत्ता

तनहुँ – तनहुँको आबुखैरेनीमा बियर बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिका–४ ठुल्ढुङ्गामा गएराति मिनी ट्रक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको मिनी ट्रक गएराति करिब साढे ९ बजे दुर्घटनामा परेको हो। बियर लोड गरिएको उक्त ट्रक अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रारम्भिक अनुमान छ।

ट्रक मर्स्याङ्दी नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा पुगेर खोजी गर्दा ट्रक चालक फेला नपरेको प्रहरीले जनाएको छ।

चालकको खोजी तथा घटनास्थलको आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १३ जनाको प्रहरी टोली परिचालन गरिएको छ।

दुर्घटनाको कारण र बेपत्ता चालकको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार