AarthikBikash
शनिबार, अशोज २४, २०८३
  • होमपेज
  • समाज
  • पृथ्वी राजमार्ग खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

पृथ्वी राजमार्ग खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

  • शनिबार, अशोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

धादिङ – त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

गजुरी नजिक काठमाडौं जानेतर्फको सडक भासिएको हो । गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको सडक विभागले जनाएको छ।

सडकको भित्रीपट्टि स्थानीय सडक रहेकाले त्यसलाई काटेर सडक फराकिलो बनाउने (ब्याक कटिङ) काम सुरु गर्न समस्या भएको थियो।

स्थानीय निकायसँग छलफलपछि अहिले ब्याक कटिङको काम सुरु गरिएको विभागले जनाएको छ। सबै अवस्था सामान्य रहेमा सडक खोल्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार