AarthikBikash
शुक्रबार, कार्तिक १४, २०८३
  • होमपेज
  • राजनीति
  • पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशन

पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशन

  • शुक्रबार, कार्तिक १४, २०८३
पत्रकारहरुलाई तत्काल रिहा गर्न प्रहरीलाई प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशन

काठमाडौं – सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि रिहा हुने भएका छन् ।

प्रहरीले विभिन्न सञ्चारमाध्यमका न्यूजरुममा पुगेर सञ्चारकर्मीहरूलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्री कार्यालयले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रहरीलाई निर्देशन दिएको हो।

प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनपछि नियन्त्रणमा लिइएका सबै पत्रकार रिहा भएको जनाइएको छ।

प्रहरीले नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो। त्यसैगरी, मोटिभेट न्यूजका सम्पादकसहित अन्य सञ्चारकर्मीलाई समेत प्रहरीले पक्राउ गरेको विवरण प्राप्त भएको छ।

सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिइएपछि घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धमा चासो बढाएको छ।

त्यसैगरी, प्रहरीले पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि पुगेको थियो । नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार सादा पोसाकमा आएका चार(पाँच जना प्रहरीले पत्रकार नवराज मैनालीलाई खोजिरहेका थिए ।

त्यसैगरी अनामनगरस्थित दियोपोष्टको कार्यालयमा पनि प्रहरी पुगेको थियो । दियोपोष्टका सम्पादक सुदिप विश्वकर्मा र न्यूज कोअडिनेटर मदन ढुंगानाको बारेमा सोधपुछ गरेको दियोपोष्टका प्रतिनिधिले जनाएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशन भन्दै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयास भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गरेको हो।

सम्बन्धित समाचार