AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • समाज
  • आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  • मङ्लबार, कार्तिक १८, २०८३
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं – सरकारले आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानबाट करिब २१ लाख बालबालिकाले भिटामिन ‘ए’ र २० लाखले जुकाको औषधि पाउनेछन्। उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।

कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वि।सं। २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि जुकाको औषधि खुवाउन थालिएको हो।

सम्बन्धित समाचार