पोखरा – गृहमन्त्री सुधन गुरुङको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सूचना फैलाएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
कास्की प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा पठाएको हो ।
गोरखामा आयोजित गृहमन्त्रीको कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यता नेकपाले भने गृहमन्त्रीकै निर्देशनमा अधिकारीलाई पक्राउ गरिएको आरोप लगाएको छ। वाईसीएल नेपाल कास्की जिल्ला समन्वय समितिले अधिकारीको निःशर्त रिहाइको माग गरेको छ।