AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • फिचर
  • झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला

झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला

  • शुक्रबार, पुस ४, २०८२
झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला

झापा – जिल्लाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

कचनकवल गाउँपालिका–५ पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा उनीहरु झुन्डिएर सामूहिक आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका छन् । रुखमा झुण्डिएको अवस्थामा फेला परेकामा कचनकवल– ५ निवासी  १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेको प्रहरीले जनाएको छ । उनीहरू तीन जना नै सुनकोशी चिया बगानमै कार्यरत रहेको बताइएको छ ।

 स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए ।  उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटिएका छन् ।

सम्बन्धित समाचार