AarthikBikash
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एकैदिन ८९५ जनामा कोरोना पुष्टि,एक जनाको मृत्यु

एकैदिन ८९५ जनामा कोरोना पुष्टि,एक जनाको मृत्यु

  • सोमवार, साउन १६, २०७९
एकैदिन ८९५ जनामा कोरोना पुष्टि,एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ स्वाब परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो । ३ हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ जना र २ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा २६३ जनामा संक्रमण देखिएको हो ।

यस्तै संक्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ।

कोरोनाबाट २६४ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ९३४ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार