AarthikBikash
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • आजदेखि अस्थायी मतदाता नामावली संकलन हुने

आजदेखि अस्थायी मतदाता नामावली संकलन हुने

  • बिहिबार, अशोज ६, २०७९
आजदेखि अस्थायी मतदाता नामावली संकलन हुने

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आज बिहीबारदेखि सुरू गर्दैछ ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।

उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ तथा प्रदेश सभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगका नाममा विभिन्न समयमा आदेश दिएको थियो ।

ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृती लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था छ ।

Facebook Comments

सम्बन्धित समाचार