AarthikBikash
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

  • बिहिबार, पुस २१, २०७९
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ ।

२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय ंसंसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार