кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • शिक्षिकाले विद्यार्थीलाई स्प्रिट खान दिएपछि विद्यार्थीको मृत्यु

शिक्षिकाले विद्यार्थीलाई स्प्रिट खान दिएपछि विद्यार्थीको मृत्यु

  • आइतवार, पुस २४, २०७९
शिक्षिकाले विद्यार्थीलाई स्प्रिट खान दिएपछि विद्यार्थीको मृत्यु

जनकपुरधाम-सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी तथा अभिभावकले प्रदर्शन गरेका छन्। सिरहाको मिर्चैया नगरपालिका– ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएपछि वद्यार्थी तथा अभिभावकले प्रदर्शन गरेका हुन्।

शुक्रबार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका– ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ।

विद्यार्थीलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो। शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन्। आक्रोशित विद्यार्थी तथा अभिभावकहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा समेत गरेका छन्।

सम्बन्धित समाचार