mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • हनुमानढोकामा चीर ठड्याइएसँगै सुरु भयो होली

हनुमानढोकामा चीर ठड्याइएसँगै सुरु भयो होली

  • सोमवार, फाल्गुन १५, २०७९
हनुमानढोकामा चीर ठड्याइएसँगै सुरु भयो होली

काठमाडौं – काठमाडौंको बसन्तपुरमा विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ। फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो।

आज बिहान पौने आठ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमाफागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ।

एकआपसमा अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिने प्रचलन समेत रहेको छ। चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

सम्बन्धित समाचार