AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन

माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन

  • बिहिबार, फाल्गुन २५, २०७९
माई खोला हाइड्रोपावरको आईपिओ निष्काशन

काठमाडौं-माई खोला हाइड्रोपावरको आजदेखि आईपिओ निष्काशन भएको छ ।

आयोजना प्रभावित क्षेत्रको स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले आइपीओ बिक्री खुला गरेकाे हो ।

जारी आईपिओमा चैत ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यद्दपि, तोकिएको अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता सेयर बिक्री खुला गरेको हो ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १० प्रतिशत अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।

यस आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार