AarthikBikash
आइतवार, कार्तिक ९, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा सांसद र दुर्गा प्रसाईँबीच दुई करोडको डील भएको अडिओ सार्वजनिक

रास्वपा सांसद र दुर्गा प्रसाईँबीच दुई करोडको डील भएको अडिओ सार्वजनिक

  • आइतवार, चैत्र २६, २०७९
रास्वपा सांसद र दुर्गा प्रसाईँबीच दुई करोडको डील भएको अडिओ सार्वजनिक

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयाेग माग गरेको अडिओ बाहिरिएको छ ।

आइतबार सार्वजनिक भएको अडिओमा सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै साढे २ करोड रुपैयाँ मागेकाे सुन्न सकिन्छ ।

अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन ?’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।’

सम्बन्धित समाचार