mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • दुर्गा प्रसाईंसँग २ करोड मागेका रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

दुर्गा प्रसाईंसँग २ करोड मागेका रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

  • आइतवार, चैत्र २६, २०७९
दुर्गा प्रसाईंसँग २ करोड मागेका रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग माग गरेको अडिओ बाहिरिएपछि पार्टीले  श्रेष्ठलाई निलम्बन गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ। यसबारे थप अनुसन्धान पार्टीको अनुशासन समितिले गर्छ’ ढकालले भने ।

आइतबार सार्वजनिक भएको अडिओमा सांसद श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ मागेको सुन्न सकिन्छ ।

अडियो डिलमा रास्वपाका सभापति रवि लामिछानेको नाम पनि लिइएको छ । ‘यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन ?’ भन्ने प्रसाईंको प्रश्नमा श्रेष्ठले भनेका छन्, ‘मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।’

सम्बन्धित समाचार