AarthikBikash
बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्रीले मागे माफी

मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्रीले मागे माफी

  • बुधबार, बैशाख १३, २०८०
मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्रीले मागे माफी

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् ।

केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार