AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रवि लामिछानेका चालकको उपचारकाे क्रममा मृत्यु

रवि लामिछानेका चालकको उपचारकाे क्रममा मृत्यु

  • मङ्लबार, बैशाख १९, २०८०
रवि लामिछानेका चालकको उपचारकाे क्रममा मृत्यु

काठमाडौं-रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका थापाको मंगलबार दिउँसो करिब साढे १ बजे मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।

वैशाख ४ गते उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।

उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार