AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

  • बुधबार, बैशाख २७, २०८०
शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिएपनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ ।

सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो सहमति भएको बताएका हुन् । ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ’ उनले भने ।

उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत दावी गरे ।

Facebook Comments

सम्बन्धित समाचार