AarthikBikash
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • राजनीति
  • कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिनः गृहमन्त्री श्रेष्ठ

कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिनः गृहमन्त्री श्रेष्ठ

  • बुधबार, बैशाख २७, २०८०
कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं-उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्दै कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने उनको भनाई छ।

‘भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका छौँ। कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्। दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो,’ मन्त्री श्रेष्ठले भने।

खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उनको भनाई छ।

सम्बन्धित समाचार