AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • आइतबारदेखि संसद्को अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

आइतबारदेखि संसद्को अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

  • शनिबार, भदौ २, २०८०
आइतबारदेखि संसद्को अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसद्को अवरोध हट्ने बताएका छन् ।

शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

“हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरुलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ,” उनले भने, “आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ, भोलि सदन खुल्छ ।”

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको प्रधानमन्त्रीको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार