AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव गरिँदैछ : अध्यक्ष लिङ्देन

कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव गरिँदैछ : अध्यक्ष लिङ्देन

  • शनिबार, भदौ २, २०८०
कोशीमा विश्वासको मत दिनेलाई १० करोड र मन्त्रीको प्रस्ताव गरिँदैछ : अध्यक्ष लिङ्देन

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने टुंगो भएसँगै करोडौं रकमको प्रस्तावको चलखेल भएको आशंका गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रदेश सांसदहरुको घरदैलोमा गएर मन्त्री र रु १० करोडसम्मको प्रस्ताव गरेको हल्ला राजधानी काठमाडौंसम्म आइपुगेको बताएका हुन् ।

उनले सााजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ – ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त ।

कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ । कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन संकट रहेको छ । यस अघिका मुख्यमन्त्री हिक्मत बहादुर कार्की पनि विश्वासको मत पाउन नसकेकै कारण पदमुक्त भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार