AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • वर्तमान सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

वर्तमान सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

  • शुक्रबार, भदौ २२, २०८०
वर्तमान सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

काठमाडौं- राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।

पार्टीको प्रशिक्षण कार्यक्रममा लागि सुर्खेत आएका ध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने पार्टी राप्रपा भएको बताए ।

अध्यक्ष लिङ्देनले भने,‘ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन । बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’

लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए । यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनको भनाइ छ ।

साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको उनले स्पष्ट पारे । एक दुई थान मन्त्रीका लागि राप्रपाले बार्गेनिङ नगर्ने उनको भनाइ थियो ।

Facebook Comments

सम्बन्धित समाचार