mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

  • बिहिबार, भदौ २८, २०८०
राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं-संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो ।

यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए ।

पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।

बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पु-याइएको हो ।

मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।

उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार