AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • सकारात्मक परिणाम निकाल्न युवा सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

सकारात्मक परिणाम निकाल्न युवा सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

  • शनिबार, भदौ ३०, २०८०
सकारात्मक परिणाम निकाल्न युवा सहभागिता आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको आवश्यकता रहेको बताएका छन्।

शनिबार नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘चालु आर्थिक वर्ष २०८०र८१ लाई सरकारले युवा उद्यमशीलता वर्षको रूपमा मनाउने घोषणा गरेको कुरा यहाँहरूलाई अवगत नै छ। नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निमित्त सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ। यसबाट सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहन्छ। यसको लागि म सम्पूर्ण नेपाली युवालाई विशेष अपील गर्दछु।’

दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई भविष्यका कर्णाधार मात्र नभएर वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ।

यस सम्मेलनले युवाहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। विदेशमा रहेका लाखौं नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव नभएको उनको भनाई छ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको उल्लेख गरे। विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया पनि सुरू भएको उनले बताए।

Facebook Comments

सम्बन्धित समाचार