AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुटुमा समस्या देखिएपछि अरुण चौधरीलाई ग्राण्डी अस्पताल लगियो

मुटुमा समस्या देखिएपछि अरुण चौधरीलाई ग्राण्डी अस्पताल लगियो

  • शुक्रबार, माघ १९, २०८०
मुटुमा समस्या देखिएपछि अरुण चौधरीलाई ग्राण्डी अस्पताल लगियो

काठमाडौं- बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ ।

गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई आज अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको हो ।उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले बतायो ।चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंहको निर्णय र प्रतिवेदनको आधारमा १० रोपनी जग्गा निजीकरण भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार